वैदेशिक रोजगारमा ठगिएकाको उद्धारमा सक्रिय बन्दै आप्रवासी स्रोत केन्द्र

बाग्लुङ | फागुन ६, २०८१

वैदेशिक रोजगारमा ठगिएकाको उद्धारमा सक्रिय बन्दै आप्रवासी स्रोत केन्द्र

ढोरपाटन:   आप्रवासी स्रोत केन्द्र बागलुङले वैदेशिक रोजगारमा गएर समस्यामा परेका सात जनाको उद्धार गरेको छ । चालु आर्थिक वर्षको सात महिनामा ११ को उद्धारका लागि उजुरी परेकामा हालसम्म सात जनाको उद्धार भएको हो । 

    
खासगरी साउदी, दुबई, कतार, कुवेतलगायत गाडी मुलकमा पुगेर समस्यामा परेकाहरूको उद्धार गरिएको आप्रवासी स्रोत केन्द्र बागलुङकी सूचना अधिकारी तथा परामर्शकर्ता गङ्गा शर्मा रिजालले जानकारी दिनुभयो । 


वैदेशिक रोजगारमा गएका कामदारले समयमा तलब नपाउने, बिदामा नेपाल फर्किन नपाउनेलगायत समस्यालाई विभिन्न निकायसँग सहकार्य गरी उद्धार गरिएको उहाँको भनाइ छ ।

    
रिजालका अनुसार ठगी, मृत्युलगायत ९० उजुरी परेकामा हालसम्म ४१ वटा समाधान भइसकेका छन् । ठगीको उजुरी ५४ जनाले दिएकामा हालसम्म १७ वटा समाधान भइसकेका उहाँले जानकारी दिनुभयो । 


वैदेशिक रोजगारका लागि प्रलोभनमा पारेर लाखौँ रकम ठगी गरेकामा हालसम्म स्रोत केन्द्रले रु ४३ लाख पाँच हजार पाँच सय ठगिएको रकम फिर्ता गरेको छ ।

    
“धेरैजसो ठगी मेनपावरलेभन्दा व्यक्तिले ठगेको पाइएको छ । साउन महिनायता मृत्यु उजुरी आठ वटा परेकामा आठवटै समाधान भएका छन्”, परामर्शकर्ता रिजालले भन्नुभयो । सबैभन्दा बढी साउदी र कतारमा पुगेका कामदारको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । 

    
आफूहरुले जिल्ला प्रशासन कार्यालय, सम्बन्धित पालिका, सम्बन्धित देशको राजदूतावास, वैदेशिक रोजगार बोर्ड र कन्सुल सेवा विभाग काठमाडौँसँग सहकार्य गरेर वैदेशिक रोजगारमा गएका नागरिकहरूको समस्या समाधान गरिरहेको परामर्शकर्ता रिजालले बताउनुभयो । उहाँका अनुसार विदेशमा सम्पर्कविहीन भएका पाँच वटा उजुरी परेकामा हालसम्म एक जनालाई परिवारको सम्पर्कमा ल्याएको छ ।

    
रिजालले मेसियामा सम्पर्कविहीन भएका जैमिनीका एकजनालाई परिवारको सम्पर्कमा ल्याइएको बताउँदै स्रोत केन्द्रले ठगिएकोसहित मृत्यु भएका र कम्पनीमा तलब पाउन बाँकी रहेको रु ९७ लाख आठ हजार आठ सय ३१ फिर्ता गरेको उल्लेख गर्नुभयो । 

    
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले गैरकानुनी रूपमा विदेश जानेहरू बढी समस्यामा परेका बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले राहदानी लिन आउने हरेक नागरिकलाई रोजगारी तथा अध्ययनका लागि विदेश जाँदा बढी सचेत हुन आग्रह गर्दै आएको उहाँको भनाइ छ ।

    
उहाँले भन्नुभयो, “विदेशमा गएर मृत्यु हुने र समस्यामा पर्ने बढीजसो न्यूनवर्ग र कम शिक्षित व्यक्तिहरू हुनुुहुन्छ, विदेशमा कतिले आत्महत्या गरेको र कतिको काम गर्दा गर्दै मृत्यु भएको पाइन्छ, धेरै कुरा सचेतनासँग जोडिएको हुँदा विदेश पलायन हुँदा कानुनी कुरा बुझ्न र कहाँ जाँदैछु, के काम गर्ने हो रु, कस्तो कम्पनीमा जाँदैछु भनि प्रष्ट भएर गइयो भने धेरै समस्या समाधान हुने देखिन्छ ।”

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्